जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एनसीसी बैंकको नाफा ७५ करोड ६३ लाख

एनसीसी बैंकको नाफा ७५ करोड ६३ लाख

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको निक्षेप क्रमिक रुपमा घट्न थालेको छ। असार मसान्तसमा ६७ अर्ब रहेको बैंकको निक्षेप असोजमा ६६ अर्ब हुँदै अहिले पुस मसान्तमा ६३ अर्ब ६१ करोडमा झरेको छ।

निक्षेप घटेपनि ऋण बिस्तार गरेका कारण बैंकले नाफा बढाएको छ। बैंकको ऋण एक बर्षमा ४ अर्बले ब९र ६४ अर्ब ८९ करोड पुगेको छ। दोस्रो त्रैमासमा मात्रै बैंकको निक्षेप २ अर्ब ४० करोडले घट्दा ऋण एक अर्ब ६८ करोडले बढेको छ।

बैंकको नाफा पुससम्म २.२२ प्रतिशतले बढेको छ। तर कात्तिकदेखि पुससम्म मात्रै हेर्ने हो भने बृद्धि दर ३३.७१ प्रतिशत छ अर्थात ६ महिनामा ७५ करोड रुपैयाँ नाफामध्ये पछिल्लो तीन महिनाको हिस्सा ४१ करोड ६० लाख रुपैयाँ छ।

बैंकले खराव ऋणको मात्रा पनि घटाएको छ। ३.५३ प्रतिशतबाट २.८२ प्रतिशतमा झारेको छ। स्प्रेड ५.३८ प्रतिशतबाट ५.१८ प्रतिशतमा झरेको छ। बैंकको आधार दर १०.८७ प्रतिशतबाट १०.५८ प्रतिशतमा आएको छ ।

9585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका