जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अनुसन्धान विभागका प्रहरी भन्दै कागजात माग गर्ने बढेपछि लघुवित्त क्षेत्र त्रसित

अनुसन्धान विभागका प्रहरी भन्दै कागजात माग गर्ने बढेपछि लघुवित्त क्षेत्र त्रसित

राष्ट्रिय अनुसन्धान विभागको प्रहरी भन्दै विभिन्न रिपोर्टहरु माग गर्न थालेपछि लघुवित्त कम्पनीहरु त्रसित बनेका छन् । पछिल्लो केही दिन यता विभिन्न जिल्लामा आफूहरु राष्ट्रिय अनुसन्धान विभागबाट आएको र अडिट रिपोर्ट देखाउन दबाब दिन थालेको लघुवित्तकर्मीहरुले बताएका छन् ।

स्याङ्जा, ललितपुर, बनेपा, ताप्लेजुङलगायतका स्थानमा यसरी परिचयपत्रसहित आफूहरु अनुसन्धान विभागबाट आएको भन्दै विभिन्न प्रतिवेदन माग गरिएको पाइएको छ।

अचानक एकै पटक देशका विभिन्न स्थानमा रहेका लघुवित्तका शाखाहरुमा यस्तो क्रम बढेपछि आफुहरु अचम्मित बनेको लघुवित्त बैंकर्स संघले बताएको छ । आफूहरुले यसबारे जानकारी गराउँदा त्यस्तो कार्यका लागि कसैलाई नपठाएको जवाफ राष्ट्र बैंकबाट पाएको संघले जानकारी दिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत रुस्तम पन्तले त्यसरी गएका व्यक्तिहरु विभाग कै कर्मचारी हुन् वा होइनन् भन्ने बारे अहिले नै भन्न नसकिने बताए । उनले विभिन्न शाखामा गएकाहरुको विवरण लघुवित्त बैंकर्स संघबाट माग गरेको र आएको विवरणलाई विभागका कर्मचारीको विवरणसँग भेरिफाई गरेपछि मात्र उनीहरु विभाग कै कर्मचारी हुन् वा होइनन् भन्ने थाहा हुने बताए ।

बिजपाटीसँग कुरा गर्दै उनले भने’, ‘हामीले संघका अध्यक्ष प्रकाशराज शर्मालाई बिभागको नाम लिएर अनुसन्धानको लागि को को कुन कुन लघुवित्त पुगेका थिए भनेर विवरण माग गरेका छौ, त्यहाँबाट विवरण आएपछि मात्र उनीहरु विभागका कर्मचारी हुन् वा होइनन् थाहा हुन्छ ।’

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको छ । हाल उक्त कार्यालयको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् ।लघुवित्त विरुद्ध आन्दोलन चर्काइरहेका सोही पार्टीका व्यक्तिले सत्ताको बलमा लघुवित्तलाई दुःख दिन नियोजित कदम चालेको आशंका गरिएको लघुवित्तकर्मीले बताएका छन् ।

1710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका