जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा फागुन २४ गते

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा फागुन २४ गते

आइएमई जनरल इन्स्योरेन्सले २२ औं वार्षिक साधारणसभा फागुन २४ गते शनिबार बोलाएको छ । कम्पनीले विहान १० बजे लैनचौर बैंङक्वेट्स, लैनचौर, काठमाडौंमा सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै, हाल कायम संस्थापक तर्फ ८० र सर्वसाधारण तर्फको २० प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापक तर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारणतर्फ २ जना गरी ६ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा फागुन ११ गतेसम्म शेयर कायम भएका शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

8165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?