जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकले १ प्रतिशत प्रिमियममा सेयर कर्जा दिने

ज्योति विकास बैंकले १ प्रतिशत प्रिमियममा सेयर कर्जा दिने

ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जनाएको छ ।

बैंकले प्रवाह गर्ने उक्त सेयर धितो कर्जा आधार दरमा १ प्रतिशत मात्रै प्रिमियम जोडर ब्याजदर निर्धारण गर्ने बताएको छ । हाल बैंकको आधार दर ११ प्रतिशत रहेको छ । सो आधारमा दरमा १ प्रतिशत प्रिमियम जोडेर १२ प्रतिशत मै सेयर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल ५० लाख रुपैयाँसम्म सेयर कर्जा प्रदान गरिरहेको छ । छिटो, सहज र सजिलो सेयर कर्जा मार्फत् सेयर बजारमा लगानी गर्न बैंकले लगानस्कर्तालाई आग्रह गरेको छ ।

उक्त सेयर कर्जा बैंकका जुनसुकै शाखा कार्यालयमा सहज रुपमा उपलब्ध गराइरहेको बताएको छ । कति रकम ऋण लिने हो सो रकम उल्लेख गरी आवेदन फाराम भर्न सक्ने बैंकले बताएको छ । कर्जा लिनका लागि आम्दानीको स्रोत खुलाउनु पर्ने बताइएको छ ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका