जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आर्थिक बजार न्यूज डटकमको प्रभावः नेपाल बैंकले विज्ञापनमा लगायो रोक

आर्थिक बजार न्यूज डटकमको प्रभावः नेपाल बैंकले विज्ञापनमा लगायो रोक

आर्थिक बजार ज्यूज डटकमले नेपाल बैंकमा जनताको रगत र पसिनाबाट जम्मा भएको पैसामा सीइओ कृष्ण अधिकारीले एउटा एड एजेन्सी मार्फत मोटो कमिशन लिई आफ्ना केही नजिकका अनलाइन पोष्टहरुलाई दोस्रो चरणमा दिन लागेको विज्ञापन तत्कालाई रोक्का गरेको एक बैंक संचालकले पंक्तिकारलाई बताए ।

जनतको पैसा त्यो पनि सरकारी बैंक भित्रको पैसा जथाभावी खर्च गरि आफ्नो सेलिब्रेटी अन्र्तरवार्ता दिँदै लाखौंको विज्ञापन दिने सीइओलाई राष्ट्र बैंकले सचेत गराएपछि बैंकका सीइओ थप स्वीकृत उनीले नै गरेको १५ वटा अनलाईनका विज्ञापन नगर्न एड एजेन्सीलाई पत्राचार गरेको खुलेको छ ।

बैंक संचालक भन्दछन्ः उनीकै कारण बैंकको बदनाम भएको अध्यक्षको फोटो आएको र चारैतिरबाट पैसा खर्च नगर्न दबाब आएपछि बैंकका सीइओ अधिकारीले यो निर्णयबाट पछि हटेका हुन् ।

बैंकिङ ज्ञान नै नभएको एमाले कार्यकर्ता बैंकको सीइओ बनेपछि नेपाल बैंक फेरि विवादमा फसेको देखिन्छ । जनताको डिपोजिटमा रजाई मच्चाउन सुरु गरेका सीइओ अधिकारी विरुद्ध राष्ट्र बैंक र अर्थमन्त्रालयमा समेत उजुरी परेको ती संचालकले पंक्तिकारलाई बताए ।

बैंक स्रोत भन्दछःः उनी सीइओ भएपछि दक्ष कर्मचारीहरुलाई पाखा लगाउँदै नजिककालाई राम्रो ठाउँमा पठाएको समेत खुलेको छ । स्रोत भन्दछः सरकारले एक व्यक्ति एक खाताको अवधारणालाई समेत सरकारी बैंकले आक्रमक भएर नल्याएको अर्थमन्त्रालयको बुझाई छ ।
अर्थमन्त्रालय स्रोत भन्दछः केही विज्ञापन गरे पनि खाता खोल्न र जनतासंग नेपाल बैंक पुग्न सकेन नि । जे भएपनि आफूलाई सेलिब्रेटि बैंकर भन्दै बैंकको पैसा खर्च गर्ने सीइओ अधिकारीबाट बाँकी काम हेर्न भने बाँकी छ । सचेत भया ।

11130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका