जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आइएमई २३औँ वर्षमा प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने

आइएमई २३औँ वर्षमा प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

“निरन्तर सहयात्रा विश्वासको” भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरु, आबद्ध कम्पनीहरुका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, व्यवस्थापन प्रमुखहरुलगायत कर्मचारीहरुको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सेवाग्राही, नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियमनकारी निकाय, व्यावसायिक साझेदार, कर्मचारीलगायत सम्पूर्ण शुभचिन्तकमा हार्दिक आभार व्यक्त गरे। ग्राहकको रोजाइ, आवश्यकता तथा बजारको गतिशील भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए।

प्रबन्ध निर्देशक ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्राई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्ना व्यवसायहरुलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने उल्लेख गरे।

सोही

अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवर्द्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताए।

त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तिलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने बताए।

कार्यक्रममा कम्पनीमा १० वर्षभन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा लामो समयदेखि कम्पनीमा आबद्ध भएका एजेन्टहरुलाई सम्मान गरिएको थियो।

त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका विजेता र उपविजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। कलाकार तथा कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय दीपकराज गिरी तथा दीपाश्री निरौलाको समेत सहभागिता रहेको कार्यक्रममा कमेडियन सुमन कार्कीको हास्य प्रस्तुति तथा कम्पनीका कर्मचारीहरुको विभिन्न साँस्कृतिक प्रस्तुति थियो।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पुर्याउँदै आइरहेको छ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका