जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन

नेपाल राष्ट्र बैंकले लक डाउनमा पनि सकेसम्म ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशा दिएको छ । \

राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमणवाट नागरिकलाई सुरक्षित रान यही चैत ११ देखि मिति १८ सम्म मुलुकभर अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।

यस्तो अवस्थामा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र सो को लागि न्यूनतम बैंकिा सेवा प्रदान गर्ने बान्छनीय भएको भन्दै सकेसम्म सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्ययमबाट हुने कारोवारको सुनिश्चितता प्रदान गरी अफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्ययमबाट कारोबार गर्न सुचित गर्नुपर्ने, संचालित एटीएम मेसिनहरुमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउनु पर्ने, सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतमरुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट पैकिङ्ग कारेबार गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

त्यसैगरी, यसरी खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क शक्तिको फोन नम्बर आफनो वेवसाइडमा अध्यावधिक गर्नुको अलावा बन्द रहने शाखाको मुल ढोकामा सर्वसाधारणले देख्ने गरी बल्ने शाखाको विवरण टाँस्नुपर्ने छ । प्रत्येक शाखाको मुल ढोकामा उक्त शाखाबाट प्रदान हुने वा उक्त शाखा बन्द रहेको अवस्थामा सो साखा वा ग्राहकले बैंकिङ्ग सेवा पाउने शाखा सम्बन्धमा सूचना दिन सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बर सहितको विवरण शाखाको मुल ढोका सूचना पाटीमा टाँस्नुपर्ने छ ।

त्यस्तै, भन्सारबाट प्राप्त हुने चेक क्लियरिखको उचित व्यवस्था मिलाउने, अत्यावश्यक बस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटि, प्रतीतपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने छ ।

त्यसैगरी, इजाजतपत्र प्राप्त निक्षेप स्वीकार गर्ने “घ” वर्गका वित्तीय संस्थाहरुले समेत स्थानीय प्रशासनसंग समन्वय गरी काउन्टर मार्फत सम्भव भएसम्म कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

बैक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैकमा गर्न पर्ने रिपोटीनहरु परिस्थिति सामान्य भै कार्यालय नियमित रुपमा खुलेको ७ कार्यदिन भित्र गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

8740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका