slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बिहिबार, बैशाख २७, २०८१
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, राष्ट्र बैंकले ल्यायो ६ नयाँ व्यवस्था

बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, राष्ट्र बैंकले ल्यायो ६ नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकका गभर्नरको बुधबारको स्वीकृति बमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।

जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।

यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ । सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहने भनिएको थियो ।

यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

अब शुक्रबारका लागि पनि बैंकको कार्यालय पोसाक कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै विभाग, कार्यालय, महाशाखा र इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चतता गरी कार्य व्यवस्थापन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

हप्ताको दुई दिन बिदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्यांकनका लागि अभिलेख राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

3370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका