जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९४७ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ५.७८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्तापूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ रुपैयाँको ५.५० प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १६९ रुपैयाँबराबरको बोनस सेयर र ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २१९ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेर सेयरधनीहरुलाई वितरण गरिनेछ ।

1225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?