जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंकबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंकबीच लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंक लिमिटेड काठमाण्डौबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र हिमालयन बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत विजय नकर्मी, सहायक प्रमुख कार्यकारी अधिकृत सतिसराज जोशी तथा निक्षेप विभाग प्रमुख राजेश भट्टराईको उपस्थिति रहेको थियो।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै हिमालयन बैंकले लघुवित्त तथा विपन्नवर्ग कर्जाअन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २०स लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति रु.३ लाखसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति रु. १० लाखसम्म, सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिका लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत हिमालयन बैंक लिमिटेडले कोषमा बुझाउनेछ।

कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा संस्थाले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ।

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?