जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • कार्यकाल दुई वर्ष बाँकी छँदै ज्योति विकास बैंकबाट बाहिरिए ज्ञवाली,

कार्यकाल दुई वर्ष बाँकी छँदै ज्योति विकास बैंकबाट बाहिरिए ज्ञवाली,

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिएका छन्। चार वर्षे कार्यकालका लागि नियुक्त भएका उनले दुई वर्ष बाँकी छँदै बैंक छाडेका हुन्।

चार वर्ष कार्यकाल भए पनि दुई वर्षमा पुनरावलोकन गर्ने बैंक सञ्चालक समिति र उनीबीच सहमति थियो। त्यसै अनुसार दुवै पक्षले बाँकी दुई वर्ष निरन्तरता दिन चाहेनन्। उनी १५ गतेबाट बिदा हुने छन्।

कृष्णबहादुर कुँवरको दुई कार्यकाल पूरा भएर बाहिरिएपछि ज्ञवालीलाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी डेपुटी कार्यकारी प्रमुख थिए।

चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पुँजी बजारमा करिब २१ वर्षको अनुभव छ।

उनले केन्द्रीय बैंकको कोष ब्यवस्थापनमा चार वर्ष काम गरेका थिए। त्यसपछि वाणिज्य बैंकहरुमा उनले काम गरेका थिए।

उनी मूख्य वित्त अधिकृत, सञ्चालन प्रमुखलगायत भएर माथिल्लो ब्यवस्थापनमा बसेर काम गरेका थिए। ग्लोबल आइएमइ बैंक र इन्भेष्टमेन्ट बैंकिङ कम्पनीमा काम गरेको पनि उनीसँग अनुभव छ। यसैगरी उनी जलविद्युत विकास कम्पनीमा काम गरेको पनि अनुभव छ।

8205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?