जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा र बुक क्लोजको मिति

मुक्तिनाथ विकास बैंकले तोक्यो साधारण सभा र बुक क्लोजको मिति

मुक्तिनाथ विकास बैंकको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले १६ औं वार्षिक साधारण सभा पुस ३० गते विहान १० बजे पोखरा कास्कीमा बोलाएको छ । बैंकको साधारण सभाले लाभांश सहित अन्य प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित गत असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वैकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले बैंकको गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८२६.८४ रुपैयाँ बाट बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख २७२.५१ रुपैयाँ पुर्याएर प्रबन्धपत्र संशोधन गर्नेछ ।

मुक्तिनाथ विकास बैंकसँग गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गरी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दा निकायबाट फेरबदल गर्न निर्देशन आएमा सोही अनुसार थपघट, परिमार्जन, संशोधन तथा सच्याउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ ।

यस्तै, काठमाण्डौको लाजिम्पाटमा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको विषयलाई पनि साधारण सभामा एजेण्डा बनाइएको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउ सक्नेछन् ।

1350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?