जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रेमिट्यान्स घटेको छः आएको पैसा प्रभु मनी ट्रान्सफरले ग्राहकहरुको हातमा पु¥याउने काम गरेको छ

अन्तरवार्ता

रेमिट्यान्स घटेको छः आएको पैसा प्रभु मनी ट्रान्सफरले ग्राहकहरुको हातमा पु¥याउने काम गरेको छ

रामेश्वर सापकोटा, नायव महाप्रबन्धक, प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेड

रेमिट्यान्स घटेको छः आएको पैसा प्रभु मनी ट्रान्सफरले ग्राहकहरुको हातमा पु¥याउने काम गरेको छ

रामेश्वर सापकोटा चिनाई राख्नु पर्ने नाम होइन । प्रभु समूहको लगानी रहेको प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेडका नायब महाप्रबन्धक हुन रामेश्वर सापकोटा । सादा जीवन उच्च बिचार बोक्ने सापकोटा सोच विचार गरेर निर्णय लिने नाम भित्र पर्ने एउटा नाम हो । विगत लामो समयदेखि प्रभु मनी ट्रान्सफरलाई नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी बनाउने दायित्व बोकेका सापकोटालाई शालीन स्वाभाव र भद्र भलादमी व्यक्तित्वका रुपमा पनि लिने गरिन्छ ।

अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो देखिएन । अझ रेमिट्यान्समा निर्भर रहेको हाम्रो देशमा झन् बढी असर गर्ने निश्चित छ ।  रेमिट्यान्सको मुख्य स्रोत रहेका देशहरुमा पनि कोरोनाले असर गरेका कारण ठूलो संख्यामा रोजगारी कटौती हुने निश्चित दखिन्छ ।

प्रभु मनी ट्रान्सफरले कस्तो सेवा दिएको छ । रेमिट्यान्स कति घटेको छ । अर्थतन्त्रमा यसको असर कस्तो होला । यी र यस्तै विषयमा आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेडका नायव महाप्रबन्धक रामेश्वर सापकोटासंग गरेको कुराकानी ।

० प्रभु मनी ट्रान्सफर कम्पनी लिमिटेड नेपालकै ठूलो समूह प्रभु गु्रपद्वारा संचालित कम्पनी हो । यो लकडाउनको बेला कोरोना भाईरसका कारण रेमिट्यान्समा कस्तो असर पारेको देख्नु भएको छ ।
अहिलेको अवस्था कठिन बन्दै गएको छ । विश्वका अधिकाशं देश कोरोना भाईरसका कारण लकडाउनमै छन् । त्यहाँ रहेका नेपाली घर भित्रै छन्। कम पैसा आएको छ । परिवारलाई खर्च गर्ने पैसा पठाएका छन् ।

रेमिट्यान्स नेपालको मात्रै समस्याले नभए अन्तर्र्राष्ट्रिय समस्याले पनि सिर्जना हुने चीज हो । अहिले मध्यपूर्वको तुलनामा जापान र दक्षिण कोरियामा कोरोना भाइरसको असर कम छ । ती देशबाट आउने रेमिट्यान्सको हकमा ६० प्रतिशत रेमिट्यान्स आइरहेको छ । साथै अन्य देशको हकमा २५ प्रतिशतभन्दा बढी रेमिट्यान्स आएको छैन । यो लकडाउन कति लम्बिने हो । विश्वभरी देखिएको कोरोनाको महामारी कहिले अन्त्य हुने हो । यसमा भरपर्ने कुरा चाही छ ।

० चैत्र महिना र बैशाखा महिनाको यो लकडाउनमा चाहि कस्तो कारोबार भएको छ । प्रभु मनी ट्रान्सफरको ?
कारोबार कम नै छ । चैत्रमा केही बढि आएको थियो । वैशाखमा त धेरै कम मात्र रेमिट्यान्स आएको अवस्था चाहि छ ।
५० प्रतिशतसम्म कम छ । चैतमा त केही समय त राम्रै थियो । बैशाखबाट भने लकडाउन अवधिमा ७० प्रतिशतसम्म व्यवसाय घट्छ । अनलाइनमार्फत पैसा पठाउने बढेका छन् । खाडी मुलुकहरुमा भने घटेको देखिन्छ ।

० प्रभु मनी ट्रान्सफर कम्पनीले चाही कस्तो सेवा यो विशम अवस्थामा दिएको छ ?
हामीले डिजिटल प्रविधीको उपभोगबाटै ग्राहकहरुलाई सेवा दिएका छौं । प्राय सबै कर्मचारी साथीहरुले घरबाटै काम गर्नु भएको अवस्था छ । रेमिट्यान्स पक्कै घटेको छ । खाता भएका ग्राहकलाई बैंक खाताबाटै भुक्तानी दिएका छौं । देश विदेशनै लकडाउनमा रहेको बेला सुरक्षीत तरिकाले सेवा दिने बेला यो हो । त्यसकारण सदाभन्दा फरक र पृथक तरिकारले सेवा दिएको अवस्था चाही छ नि ।

० अब विदेश जाने अवस्था देखिदैन । ४० लाख भन्दा बढि जनशक्ति विदेशमा रहेको तथ्याङ्क छ । भोली यो जनशक्ति नेपाल भए यसको व्यवस्था कसरी गर्न सकिन्छ त ?
अत्यन्तै सान्र्दभिक प्रश्न उठाउनु भयो भूपेन्द्रजी तपाईलाई थाहा छ । ठूलो नेपाली जनशक्ति विदेशमा विभिन्न पेशा र व्यवसायमा हुनुहुन्छ । पढ्नकै लागि पनि ठूलो जनशक्ति बाहिर गएको छ ।

खाडी मुलुकमा रोजगारका लागि गएका छन् । यि जनशक्ति भोली नेपाल आए वा रोजगारदाताले रोजगारी दिएन भने नेपालमा अर्को समस्या थपिने चाही सत्य हो तर, यो दक्ष र अनुभवी जनशक्तिलाई कृषि उत्पादन देखि लिएर साना ठूलो उद्योग व्यवसाय गर्न प्रेरित गरिनु पर्दछ । हामी आफै कृषिमा आत्मनिर्भर अहिलेको प्रमुख आवश्यकता हो ।
खेतबारी बाँझा छन् । अब ती बाँझा खेतबारीलाई आधुनिक प्रविधि प्रयोग गरी कृषिमा लगाउन सकिन्छ । सरकारले पनि त्यसमा ध्यान दिनुपर्छ नि ।

० अहिले विदेशबाट आएको पैसा निकाल्न कति जोखिम छ त ?
अहिले हामीले कसैले विदेशबाट पैसा पठाएको छ भने त्यो रकम निकाल्नका लागि सम्पर्क नम्बरहरु उपलब्ध गराएका छौं । उहाँले फोन गर्दा उठेन भने पनि आफै कल ब्याक गरेर सेवा दिइरहेका छौं । कार्यालय पनि केही समयका लागि खुलेकै छन् । अर्को कुरा के पनि छ भने लकडाउनको यो अवस्थामा धेरै जस्तो पैसा बैंक खातामा नै डिपोजिट भएको छ । एजेन्ट अफिस प्रायः बन्द नै छन् । तर पनि आएको पैसा यो विपतमा ग्राहकलाई दिने व्यवस्था प्रभु मनी ट्रान्सफरले गर्ने नै छ ।

० कोरोना भाईरसका कारण रेमिट्यान्स घटेको तपाईले बताईरहँदा यसले नेपालको अर्थतन्त्रमा चाहि कस्तो असर गर्ला त ?
असरको कुरा सोच्न पनि सकिदैन तपाई हामी भनिरहेका छौं । हाम्रो देश रेमिट्यान्सबाट चलायमान छ भनेर । त्यसकारण यो महामारी अन्त्य चाडो हुने आशा गरौं । सकारात्मक सोच राखौ । सबै चीज विग्रेको पक्कै छैन । मान्छेको खुट्टा भाचिएको होला तर हात त छन् । नि त्यसकारण आत्तिहाल्नु पर्ने अवस्था छैन । भूकम्प, नाकाबन्दी जस्ता कुरा भोगेर यो अवस्थामा हामी आयौं । अर्को कुरा के छ भने केही वर्ष कम भए पनि सँधै घट्ने भन्ने हुँदैन । केही समय मात्रै समस्या हुने हो । विदेशी मुद्रा ल्याउनका लागि हाम्रो जस्तो देशका लागि रेमिट्यान्स र पर्यटन नै हो । यी क्षेत्रमा धक्का लागेसँगै समस्या त हुन्छ नै । व्यापार घाटा पनि हुन्छ । अरु धेरै पक्ष छन् । तर, यो कति लम्बिने हो र जीवन कति सुरक्षित हुने हो यसमा नै निर्भर पर्ने प्रस्टै देखिन्छ ।

० यो बेला राज्यले विदेशमा रहेका लाखौं नेपालीलाई ल्याउनु जरुरी देख्नुहुन्छ ?
अहिले त नियमित काम गरि रहेका सबै मानिसहरु घरपरिवारका सदस्यसँग भेट गर्न पनि आत्तिएको अवस्था छ । हाम्रो नेपालमा लकडाउन पनि छ र कोरोना भाइरस भित्रने शंका पनि उत्तिकै छ ।

त्यसकारण राज्यले समयमै विदेशमा रहेका लाखौं । आफ्ना नागरिकका बारे सोच्नु जरुरी देखिन्छ । केही नेपालीहरुको दुखद निधन भएका घटना पनि आएका छन् । यो दुखद पक्ष हो । नेपालीलाई बचाउने र घर भित्र्याउन राज्य सधै सचेत रहनु पर्दछ ।

० यो महामारी बिरुद्ध राज्यले स्थापना गरेको कोषमा प्रभु समूहको यत्रो ठूलो रेमिट्यान्स कम्पनीले चाही कस्तो सहयोग गरेको छ त ?
महात्वपूर्ण पक्ष के छ भने सबैले आ–आफ्नो ठाउँबाट सेवा दिनु नै पहिलो कुरा राहत हो । अर्को कुरा हामीले लिने शुल्क दिएको अवस्था छैन । हाम्रो प्रभु समूहकै बैंक प्रभु बैंकले राज्य कोषमा ठूलो धनराशी दिएको अवस्था चाही छ । हामी पनि यही समाजका मान्छे हामीले पनि यहि समाजलाई केही गर्नुपर्छ । त्यसकारण यो कत्ति लम्बिने हो । त्यसमा भर पर्दछ । हामी पर्ख र हेरकै बाटोमा चाही अहिले छौं नि ।

० ग्राहक, कर्मचारी लगायत नेपाली जनतालाई केही भन्नु छ ?
अब यो बेला सुरक्षीत रहनु पर्दछ । नेपाल सरकार र WHO ले दिएका सबै निर्देशन पालना गरौं । जीवन रहे संसार देख्न पाइन्छ । त्यसकारण डिजिटल प्रविधि सिक्दै डिजिटलबाट व्यवसाय गरौं । गाउँ पुगेका लाखौ जनशक्तिहरुले सोसल डिस्टेन्स अपनाउँदै कृषिमा काम गरौं । यो बेला खेतीपातीको सिजन पनि हो । बाँझा खेतलाई हरियाली बनाऔं । देश र जनता बचाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं ।

17835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?