जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनएमबि बैंकको १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि

एनएमबि बैंकको १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि

एनएमबि बैंकले तेस्रो त्रैमाससम्ममा १४ दशमलब ०६ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।  बैंकले चालू अबको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा ५८ करोड ७७ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी बढेका कारण नाफा बढ्न सहयोग पुगेको हो। बैंकले चैत मसान्तसम्ममा ४ अर्ब २९ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा १ अर्ब २० करोड रुपैयाँ धेरै हो। बैंकको सञ्चालन नाफा भने ४७ करोड २७ लाख करोड रुपैयाँ घटेर १ अर्ब ८७ करोड ६४ लाखमा झरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ५६ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आवको अन्त्यसम्मामा बैंकले ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

 

13760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?