जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी

नेपाल बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी

यो बैंकको वितरणयोग्य नाफा ६ करोड रुपैयाँ बढी ऋणात्मक भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार सो अवधिको बैंकको वितरणयोग्य मुनाफा ६ करोड १९ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको हो ।

तेस्रो त्रैमासको समीक्षा अवधिमा बैंकको खुद नाफा ११ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा नाफा २४ करोड ८९ लाख रुपैयाँले घटेर १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा १ खर्ब २२ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकको ब्याज आम्दानी पनि १० प्रतिशतले घटेको छ ।

बैंकले गत आवको चैत मसान्तमा ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ५० करोड ७० लाख रुपैयाँले ब्याज आम्दानी घटेर ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ ।

साथै सो अवधिमा बैंकका बैंकको सञ्चालन मुनाफा ४७ करोड २८ लाख रुपैयाँ घटेर २ अर्ब ६५ करोड ५ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २।६४ प्रतिशत, कष्ट अफ फण्ड १५.९० प्रतिशत, बेसरेट ७.४९ प्रतिशत र स्प्रेडरेट ४.४९ प्रतिशत छ । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ९.२५ गुणा छ ।

9055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका