जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा योजना बिरुद्द प्राइम लाइफका कर्मचारी पनि आन्दोलित

सामाजिक सुरक्षा योजना बिरुद्द प्राइम लाइफका कर्मचारी पनि आन्दोलित

सामाजिक सुरक्षा कोष योजना बिरुद्द प्राइम लाइफ इन्स्योरेन्सले पनि आन्दोलन गरेको छ। प्राइमलाइफ इन्स्योरेन्स कर्मचारी युनियनका अध्यक्ष हरि बहादुर खड्काले आज आन्दोलन गरेको जनाएका हुन् ।

जस अनुसार उनीहरुले आज केन्द्रीय कार्यालयमा कालो ब्यानरमा आफ्ना मागहरु राखेर प्रदर्शन गरेका छन्  । सामाजिक सुरक्षा योजनामा  जाँदा खाइपाई आएको सेवासुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएको आन्दोलनको विकल्प नभएको अध्यक्ष खड्काले बताए । आईएललो अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको Right to Organize and Right to Collective Bargaining गर्न पाउने हक रहेको तर क्त हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले बिरोध गरेको उनले बताए ।

त्यस्तै सामाजिक सुरक्षा कोष योजनामा जाँदा खाइपाई आएको सेवासुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएको, नेपाल वित्तीय संस्था कर्मचारी संघ(FIEUN) ले विगत २ बर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधीमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएको पनि युनियनले उल्लेख गरेको छ।

त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएको र न्यूनतम ज्याला÷पारिश्रमिकबाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको यसको विरोध गरेको युनियनले जनाएको छ ।

योजना बिरुद्द विभिन्न वाणिज्य बैंकका कर्मचारी युनियनहरुले पनि आन्दोलन गरेका छन् ।

5530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका