जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एनसेलले ल्यायो ‘मोबाइल क्लास’ डाटा प्याक

एनसेलले ल्यायो ‘मोबाइल क्लास’ डाटा प्याक

एनसेलले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी ‘मोबाइल क्लास’ डाटा प्याक योजना ल्याएको छ । विश्वव्यापी कोरोना महामारीका कारण घरमै बसेका विद्यार्थीलाई लक्षित गरी कम्पनीको यो योजना ल्याएको बताएको छ ।
अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको अपरिहार्यतालाई दृष्टिगत गरी एनसेलले १६ जिबी डाटा भोल्यूमको नयाँ डाटा प्याक बुधवारदेखि सञ्चालनमा ल्याएको हो । प्याकमार्फत विद्यार्थीले अनलाइन सिकाईको माध्यमबाट फाइदा लिनसक्ने कम्पनीको भनाई छ ।
कम्पनीले दिएको जानकारी अनुसार विद्यार्थीले रू. १५० मा यो प्याक सुचारु गर्न सक्नेछन् । प्याकअन्तर्गतको डाटा भोल्यूमको समयसिमा ७ दिनको रहनेछ । मोबाइल क्लास प्याकअन्तर्गत विद्यार्थीले ४ जिबी अलटाइम थ्रीजी र फोरजी डाटा तथा २ जिबी भिडियो डाटाको फाइदा लिन सक्नेछन् । अल टाइम डाटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सकिने छ भने २ जिबी भिडियो प्याकबाट यूट्युब, आइफ्लिक्स र अन्य गुगल सर्भिस प्रयोग गर्न सक्ने एनसेलले बताएको छ । एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २० ह्यास डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ‘ईडीयू’ टाइप गरेर १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्नेछन् । माइक्रोसफ्ट टिम्स प्रयोग गर्नका लागि १० जिबी डाटा यो प्याकको प्रमुख विषेशता रहेको एनसेलको भनाई छ ।
विद्यार्थीले माइक्रोसफ्ट टिम्समार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरूसँग समूहमा बसी अभ्ययन गर्न सक्नेछन् ।
अनलाइन सिकाईका लागि विषेश रूपमा तयार पारिएको यो डाटा प्याकले विद्यार्थीलाई आफ्ना शिक्षक र कक्षाका साथीसँग सम्पर्कमा रहँदै अध्ययन गर्नसक्ने कम्पनीको भनाइ छ ।

8685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका