जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

एनआईसी एसिया बैंकले घरमै बसी अनलाइन खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । कोरोना भाइरसको विषम परिस्थितिमा प्रक्रियामा थप सुधार गरी छोटो समयमै खाता खोल्न सक्ने व्यवस्था गरेको हो ।

ग्राहकले खाता खोल्नका लागि ई–मेल, नाम, मोबाइल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि दोस्रो चरण पूरा गर्न बैंकबाट इमेल प्राप्त गर्नेछन् ।

दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन् ।

साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुने बैंकले जनाएको छ । अब विदेशमा रहेका ग्राहकले समेत ई–मेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्न सक्नेछन् । अनलाइन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ ।

यसरी अनलाइन खाता खोलेका ग्राहकले लकडाउन अवधीसम्म मोबाइल बैंकिङमार्फत् गरेको पहिलो कारोबारमा ५ सय रुपैयाँसम्म नगद फिर्ता पाउने छन् ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका