जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

प्रभु बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ । साथै, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ ।

वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका हुन् ।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ६८ एक्सटेन्सन काउन्टर र २६९ एटीएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

साधारण सभाको अवसरमा बैंकले प्रगतिका लागि शुभकामना व्यक्त गर्ने सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका