
चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट निर्वाचित भएका नयाँ सांसदहरुको शपथ चैत १२ गते नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको हो ।
नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचनबाट १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिनेछन् ।
निर्वाचनअघि नै रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिएको रास्वपाका एक नेताले बताएका छन् ।
१२ गते नव निर्वाचित सांसदहरुले शपथ ग्रहण गरे लगत्तै शाहकै नेतृत्वमा सरकार गठन गर्ने रास्वपाले तयारी गरेको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































