जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कोरोना बीमामाथि दावी पर्नेको कूल संख्या चार

कोरोना बीमामाथि दावी पर्नेको कूल संख्या चार

राष्ट्रिय बीमा कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक, कपिलबस्तु शाखाका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै कोरोना बीमामाथि दावी पर्नेको कूल संख्या चार पुगेको छ । थप दुई जना कोभिड–१९ बीमा पोलिसीद्वारा रक्षावरण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । यसअघि दुई जनाको दावी भुक्तानी भइसकेको छ ।

नेको र आईएमई जनरल इन्स्योरेन्सको दावी परेकोमा शिखर इन्स्योरेन्समा एक जना र राष्ट्रिय बीमा कम्पनीमा थप एक जनाको दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक, कपिलबस्तु शाखाका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै दावी परेको सो कम्पनीले जनाएको छ ।

शिखरले मौखिम मात्रै आएको र कागजात आउने प्रक्रियामा रहेको जनाएको छ । दुवै दावीको कागजात आईपुग्ने वित्तिकै दावी भुक्तानी हुने सम्बन्धीत कम्पनीहरुले जनाइसकेका छन् ।

7265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?