जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निबन्ध प्रतियोगिता गर्दै राष्ट्र बैंक, विजेतालाई १० हजार पुरस्कार

निबन्ध प्रतियोगिता गर्दै राष्ट्र बैंक, विजेतालाई १० हजार पुरस्कार

नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले निबन्ध प्रतियोगिता गर्ने भएको छ। विश्व वित्तीय सप्ताह (Global Money Week) को अवसरमा कार्यालयले निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले ‘Plan your Monev, Plant your Future’ विषयमा निबन्ध प्रतियोगिता  गर्ने भएको हो । कास्की जिल्ला भित्रका १० + २ तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागि हुन सक्ने छन्।

कार्यालयका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार पुरस्कार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ७ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्बन्धी नियमहरु

१. निबन्ध बढीमा १५०० (एक हजार पाँच सय) शब्दको हुनुपर्नेछ ।

२. निबन्ध लेख्ने विद्यार्थीको नाम थर, विद्यालय र कक्षा स्पष्ट लेखिएको हुनुपर्नेछ ।

३. निबन्ध विद्यार्थीको हस्तलिखित हुनुपर्नेछ र सम्बन्धित विद्यालयको छाप लगाई प्रमाणित गरी स्क्यान गरी पठाउनु पर्नेछ ।

४. निबन्ध अँग्रेजी वा नेपाली मध्ये कुनै एक भाषामा हुनुपर्नेछ ।

५. प्रत्येक विद्यालयबाट बढीमा १ जना छात्रा र १ जना छात्रको सहभागिता हुनुपर्नेछ ।

६. निबन्ध मिति २०७९/१२/६ गते साँझ ५ बजेसम्म यस कार्यालयको ईमेल ठेगाना pkrnrb globalmoneyweek@nrb.org.np मा आई पुग्नेगरी पठाउनु पर्नेछ ।

७. प्राप्त निबन्धहरु मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरी नतिजा प्रकाशन गरिनेछ।

किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा ‘ग्लोबल मनी विक’ मनाइने अभियान हो । यो सप्ताह हरेक बर्ष Organisation of Economic Cooperation and Development (OECD) को आयोजनामा मनाईन्छ  । नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा ग्लोबल मनी विक मनाउने गरिएको छ । यस वर्ष यो सप्ताह २०२३ मार्च २०-२६ (चैत्र ६-१२, २०७९) सम्म मनाउने तय भएको  छ ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?