जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बैंकको ब्याज २.८२ प्रतिशतमा झर्यो

बैंकको ब्याज २.८२ प्रतिशतमा झर्यो

बैंकहरुले आफ्नो लागत कम गर्न कल डिपोजिटको ब्याज दर ह्वात्तै घटाएका छन्। कोभिड-१९ का कारण ऋण लगानी रोकिएपछि र  चैत ११ मा लकडाउन सुरुपछि बैंकहरुले बैशाखमा कल डिपोजिटको ब्याज दर ह्वात्तै घटाएका हुन्।

कल डिपोजिटमा संस्था तथा कम्पनीहरुले पैसा राख्छन्। बचत खाता खोल्न नपाउने भएकाले उनीहरुलाई ब्याज आउने गरी कल डिपोजिटमा पैसा राख्ने सुविधा दिइएको छ। यसको अधिकतम ब्याज दर बैंकहरुको बचत खातामा दिने न्यूनतम ब्याज बराबर हुन्छ।

बैंकहरुले चैतमा कल डिपोजिटमा औषत ४.२९ प्रतिशत ब्याज दिँदै आएकोमा बैंशाखमा २.८३ प्रतिशतमा झारेका हुन्। यो भनेको ३४ प्रतिशतको कटौति हो।

यही कारण बैकहरुको औषत निक्षेपको ब्याज दर ६.७४ बाट ६.४४ प्रतिशतमा आएको छ। यो लागतका आधारमा तय भएको ब्याज दर हो।

बैंकहरुले कल डिपोजिटको मात्र होइन, बचत र मुद्दति खाताको ब्याज दर पनि घटाएका छन्। बचतको ब्याज ४.७२ बाट ४.२७ प्रतिशतमा आएको छ। मुद्दतिको ९.७३ बाट ९.४५ प्रतिशतमा आएको छ। यो औषत ब्याज दर हो। लागत कम भएपछि ऋणको ब्याज पनि ११.७७ प्रतिशतबाट घटेर १०.९९ प्रतिशतमा आएको छ।

7865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका