जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैकले स्वास्थ्य केन्द्रहरुमा गर्यो सहयोग

कामना सेवा विकास बैकले स्वास्थ्य केन्द्रहरुमा गर्यो सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य केन्द्रहरुमा सयोग गरेको छ ।

बैंकले झापा स्थित दमक नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई तथा कमल गाउँपालिका–५ स्थित सामुदायिक स्वास्थ्य केन्द्रसिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर सहयोग गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक–५ का वडा अध्यक्ष इन्द« गुरुङलाई तथा कमल–५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका