जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएमबि बैंकले बोलायो विशेष साधारण सभा

एनएमबि बैंकले बोलायो विशेष साधारण सभा

एनएमबि बैंक ले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता अनुमोदन गराउन यहि असार २१ आइतबार विशेष साधारण सभा आह्वान गरेको छ ।
बैंकको साधारण सभा कृष्णटावर, नयाँ वानेश्वर काडमाण्डौमा विहान ११ बजे सुरु हुनेछ । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैंकबीच गत माघमा प्रारम्भिक सभ्झौता भएको थियो भने गत जेठ २५ गते आइतबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको थियो।

एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको छ। यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदानप्रदान गरि एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए।
पोखराको ओम डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको एनएमबि बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी छ । कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । कञ्चनलाई गाभेपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात एनएमबि बैंकको सुदूरपश्चिम बलियो उपस्थिति रहनेछ । उक्त प्रदेशमा बैंकका शाखा संख्या २४ पुग्नेछ । ५ जिल्ला कञ्चनको कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन।

कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरेपनि अन्तत एनएमबि बैंकले खरिद गर्ने पक्का भएको हो।
साथै कञ्चन डेभलपमेन्ट बैंकले पनि एनएमबि बैंकसँगको प्राप्ति सम्झौता पारित गर्न असार २१ गते महेन्द्रनगरमा विहान ११ बजे विशेष साधारण सभा बोलाएको छ।

10480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका