जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न भएको साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस सेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ।

साधारण सभाले बैंकको संचालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण सेयर धनीहरुको तर्फबाट संचालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। विष्टज्यू यस अघि पनि बैंकको संचालक थिए।

बैंकले साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सेयरधनी लगायत सम्बन्धित सबैमा आभार व्यक्त पनि गरेको छ।

साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल विस्तार गर्दै आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने बताए। साथै उनले ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्