जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नबिल बैंकले ल्यायो ‘नबिल जेन एन खाता’

नबिल बैंकले ल्यायो ‘नबिल जेन एन खाता’

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको समयमा बैंकले बिद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने योजना ल्याएको हो ।

‘नबिल जेन एन खाता’ नविल जेनरेशन नेपाल मार्फत ग्राहकलाई सरल बैंकिङ सेवा दिन लागेको जनाइएको हो । घरमा बसेर खाता खोल्न सकिने, आर्कषक व्याज पनि दिने गरी यो बचत खाता संचालनमा ल्याएको बागलुङ स्थित शाखा प्रबन्धक सुशान्त श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यालयकी कर्पोरेट कम्प्युनिकेशन युनिटकी समन लामा थिङ्गले जारी गरेको बिज्ञप्तीमा पनि उक्त योजना बारे जानकारी गराइएको छ । यो खातामा अनलाइन मार्फत जम्मा गर्न सकिने, डेबिट कार्ड, क्रेडिट कार्ड, नेपाल टेलिकम र एनसेलको २ जिबी डाटा प्याकेज समेत निशुल्क पाइनेछ ।

यो योजनाले सेवाग्राहीको अत्याधिक व्ययभार कम हुने विश्वास लिइएको छ । साथै घातक रोगको समयमा घरमा बसेर सबै काम गर्न पाउँदा सुरक्षित बन्न सकिने पनि बताइएको छ । १८ बर्ष माथिका जो सुकै नेपाली नागरिकले यो सेवामा सहभागि हुन पाउने बताइएको हो । यो अनलाईन खाता खोल्दा एकलाख रुपैयाँ सम्मको कारोवार घरमै बसेर गर्न सकिने, बिभिन्न बीमा गर्न मिल्ने समेत सेवा दिइएको छ । यो खाता मार्फत १३ प्रकारका रोग र दुर्घटनाको बीमा पनि हुने छ ।

सन् १९८४ मा स्थापनापछि नबिल बैकले १ सय १८ ाखा, १ सय ७५ एटिएम र १ हजार ५ सय बढी नबिल रेमिट एजेण्ट मार्फत पनि बित्तिय क्षेत्रमा काम गरेको जानकारी गराइएको छ । यो बिधि बित्तिय क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अबसर भएको पनि बताइएको छ । बागलुङमा पनि नबिल बैंकले निजी क्षेत्रको बैंकको रुपमा दशकौदेखि सेवा दिएको छ । अन्य निजी बैंकको स्थापना नभएकै समयमा यो बैंकले सेवा प्रवाह गरेको हो

6390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका