जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेशनल लाईफले ल्यायो बाल अमृत-४ सावधिक बीमालेख

नेशनल लाईफले ल्यायो बाल अमृत-४ सावधिक बीमालेख

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख घोषणा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आज बीमालेखको शुभारम्भ गरेका हुन्। उनले त्यसक्रममा विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरि बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गरेको बताएका थिए।

बजार विभाग प्रमुख विवेक शर्माले यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्ष सम्म रहने प्रावधान रहेको जानकारी दिएका थिए। यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ।

बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुने र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।

यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहने जनाइएको छ। साथै, चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको उनले बताए।

यस बीमालेखलाई प्रवर्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको छ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका