जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

हिमालयन बैंकले प्रहरीलाई दियो ५ थान गोप्रो क्यामेरा

हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई २ लाख ६७ हजार ५ सय रुपैयाँबराबरको इन्स्टा ३६० चेस्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो ९ क्यामेरा हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा काठमाडौं जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिको निगरानी तथा रोकथाम गर्न बैंकले सो सहयोग प्रदान गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले सहयोग स्वरुप क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुंगेललाई हस्तान्तरण गरे । सहयोग प्रदान गर्न आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धक समीर आचार्यको पनि उपस्थिति थियो ।

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका