जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • धितोपत्र बोर्ड र लगानीकर्ताबीच सम्झौता आन्दोलन नगर्ने सहमति..?

धितोपत्र बोर्ड र लगानीकर्ताबीच सम्झौता आन्दोलन नगर्ने सहमति..?

सेयर लगानीकर्ता संघका सदस्यहरुले आउँदा दिनमा सेयर बजार बन्द नगर्ने सहमती जनाएका छन् । शुक्रबार धितोपत्र बोर्डमा पुगेर सेयर बजार बन्द नगर्ने र आन्दोलनमा पनि नउत्रिने निर्णयमा सहमति जनाउदै संघका सदस्यहले रुसहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनीहरुले जारी गरेको पत्रमा ‘अब उप्रान्त कुनै पनि बाहनामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन सबै लगानीकताहरूले प्रतिवद्धता जाहेर गर्दै बोर्डले यस अवधिमा भए गरेका प्रतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्नसमेत अनुरोध गर्ने निर्णय भयो’ उल्लेख छ ।

बोर्डका अधिकारी र लगानीकर्ताका संगठनबीच भएको छलफलमा दोस्रो बजार कहिलेबाट खोल्ने भन्ने ठोस निर्णय हुन सकेको छैन । लगानीकर्ताले आइतबारबाटै बजार खोल्नु पर्ने माग राखेपनि त्यसलाई बोर्डले त्यसलाई अस्विकार गरेको छ । तर बोर्डले चाँडै दोस्रो बजार खोल्ने जनाएको छ

13040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका