जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो किसान कृषि लोन कार्ड योजना

नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो किसान कृषि लोन कार्ड योजना

नेपाल बङ्गलादेश बैंकले किसान लोन कार्ड योजना शुरु गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबिच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।

मकवानपुरगढि गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थीत गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको हो ।

उक्त संझौता नेपाल बङ्गलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुमागाई  र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले  चौपक्षिय सम्झौता गरेका थिए ।

हालसम्म  बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?