जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ ..?

आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ ..?

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत असार २२ गते कम्पनीले निवेदन दिएकोमा बोर्डले भने वेबसाईटमा शुक्रबारमात्र सार्वजानिक गरेको हो ।

यो नयाँ जीवन बीमा कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको हो । कम्पनीले आईपीओको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ ।कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड छ।

कम्पनीको आइपिओ बिक्रीपछि सो पुँजी २ अर्ब पुग्नेछ । बीमा समितिले नयाँ जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीको आइपिओ निष्कासन गर्न लागेको हो ।

11605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका