जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सीइओ पौड्याललाई बर्खास्त गर्ने तयारी

सीइओ पौड्याललाई बर्खास्त गर्ने तयारी

गत विहिबार बजारमा एकाएक सनराईज बैंकका सीइओलाई स्पष्टिकरण सोधियो र राजीनामा दिए भन्ने चर्चा बजारमा आयो । हामीले यसबारेमा समाचार दियौं । अधिकाशं बैंकरले भने यो असम्भव छ । तर, हामीले भनौ यो सम्भब छ । हामी केही पछि प्रमाण सहित समाचार दिनेछौं भनेर ।

हामीले सनराईज बैंकले सीइओ जनक शर्मा पौड्याललाई बोर्डले स्पष्टिकरण सोधेको र सीइओले राजीनामा दिए भन्ने समाचार पनि दियौ । बैंकरहरुले पचाउन सकिन्न र गलत समाचार लेख्नु भयो नि भनी १ दर्जन सीइओ साबहरुले त एसएमएस समेत पंक्तिकारको मोबाइलमा गरे ।

आर्थिक बजार न्यूजडटकमले विगत १ वर्ष अगाडी देखि सनराईज बैंक भित्र सीइओ नियुक्तीको बारेमा भएको विवादलाई लेख्ने र जनक शर्मा पौड्याल सीइओ भएको समाचार नियुक्ती पत्र नपाउँदै लेख्ने हामी नै हौ ।
समाचार यसै बन्दैन आधार र प्रमाण चाहिन्छ, त्यसैको खोजी थियो । हामीले आज स–प्रमाण लेख्ने मौका पाएका छौं । सत्य कहिले झुट हुँदैन भन्ने कुराको प्रमाण यी पत्रबाटै प्रस्ट हुन्छ ।

हामीले पद जोगाउन सीइओ पौड्यालले अर्थमन्त्री डा.युवराज खतिवडा गुहारेको, राष्ट्र बैंकले सीइओ जनक शर्मा पौड्यालको पक्षमा लबिङ्ग गरेको जस्ता समाचार दिँदा हावादारी भन्ने बैंकरले अब चाहि बुझ्ने गरी हामीले प्रमाण नै दिएर समाचार लेखेका छौं ।

हावा नचली पात हल्लिदैन सीइओ सावहरु हेक्का होस् । प्रमाणकै खोजीमा आज एक सनराईज बैंकका सञ्चालकज्यूबाटै हामीले प्राप्त गरेको स्पष्टिकरण पत्र र अन्य पत्रमा के के भनिएको छ त हेरौ एकपटक ? पत्रकारले समाचार लेख्दा केही कुरा बुझेर नै लेख्ने हो । यहि सेरोफेरोमा हामीले सनराईज बैंक भित्रको गडबडीका समाचार विगत १ वर्ष देखि पाठक सामु लेख्दै आएका छौं ।

हामीले जे लेख्यौ । त्यही कुरा आज सञ्चालक समितिले सीइओ पौड्याललाई प्रश्नको उत्तर दिन आग्रह गर्दै स्पष्टिकरण सोधेको छ । आर्थिक बजार न्यूज डटकमले काम भन्दा बढि फोटो राखी आफै प्रचार गरेको, नयाँ अदक्ष कर्मचारीलाई जिम्मेवारी दिएको, प्रगति भन्दा बढि गफ जस्ता संघिन प्रश्न उठाएर सनराईज बैंकको समाचार लेखेको थियो यी प्रश्नमा गत विहिबार सञ्चालक समितिले सीइओ पौड्यालसंग उत्तर मागेको यी पत्रबाट खुलेको छ ।

सनराईज बैंकका सीइओ जनकराज शर्मा पौड्यालसंग बैंक सञ्चालक समितिले किन बर्खास्त नगर्ने भन्ने प्रश्न उठेपछि बैंक भित्र विवादले उग्र रुप लिएको छ । साउन ८ गते बैंकले सीइओ जनक शर्मा पौड्याललाई तीन दिनको समय सीमा तोकेर सफाइ पेशगर्न भनेपछि सो बैंकका सञ्चालक र सीईओबीचको विवाद सतहमा आएको समाचार आर्थिक बजार न्यूजडटकमले दिएको थियो ।

सनराइज बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडद्वारा हस्ताक्षरित आर्थिक बजार न्युज डटकमलाई प्राप्त उक्त पत्रको विषय नै ’सफाइ पेश गर्ने सम्बन्धमा’ भन्ने रहेको देखिन्छ । जसमा बैंकका ५ जना संचालकहरुले अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै बैंकका सीईओको व्यवस्थापकीय क्षमतामा नै प्रश्न गरेका देखिन्छ । ६ बुँदे उक्त पत्र प्राप्त भएपछि अध्यक्षले सोहि कुरा उल्लेख गर्दै बैंकका सीइओ पौड्यालसँग उनीमाथि लागेका आरोपको सम्बन्धमा ३ दिन भित्र सफाई मागिएको देखिन्छ ।

अध्यक्षलाई पत्र लेख्नेहरूमा ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, बच्छराज तातेड, शैलेन्द्र गुरागाइँ र मालचन्द दुगडलगायतका सञ्चालकहरू रहेका छन् । उनीहरूले साउने सक्रान्ती कै दिन अध्यक्षलाई सीईओको व्यवस्थापकीय क्षमता माथि गम्भिर प्रश्न उठेको भन्दै संयुक्त रुपमा पत्राचार गरेका हुन् ।

साउन ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णय अनुरुप पौड्यालको नाममा प्रेषित उक्त पत्रमा प्रश्न गरिएको छ, ‘बैठकमा छलफल हुँदा तहाँ र बैंकको सञ्चालक समितिबीच मिति २०७६/०३/२७ मा भएको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी सम्झौतामा भएको व्यवस्था अनुरुप तपाईलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट किन अवकाश नदिने हो ?’ सो पत्रमा अगाडी लेखिएको छ, ’अवकाश दिनु नपर्ने कुनै आधार, कारण भए सो प्रमाण सहित कारण समेत उल्लेख गरी सो को चित्तबुझ्दो जवाफ सहित यस पत्रका मितिले ३ कार्य दिन भित्र सफाइ पेश गर्नहुन मौका दिइएको जानकारी गराउँदछु ।

उल्लेखित ५ जना सञ्चालकहरूले साउन १ गते पाँचै जनाको हस्ताक्षर सहित अध्यक्षलाई बुझाएको पत्रमा सीईओ पौड्यालले सञ्चालक समितिले अपेक्षा गरे झै बैंक सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सो पत्रको पहिलो बुँदा मै पौड्यालले सीईओ पद सम्हालेको १ वर्ष पुगिसक्दा पनि नियुक्ति लिँदा गरेको प्रतिवद्धता पुरा गर्न नसकेको भनिएको छ ।

सनराईज बैंकका सीइओ पौड्याललाई लगाइएको संघिन आरोप नम्बर २ बैंक सञ्चालक समितिले गरेका निर्णयहरूलाई व्यवास्था गरेको, कार्यान्वय नगरेको र जे जति कार्यान्वयन भए ती पनि समयमा नगरेको पनि उल्लेख गरिएको छ । तेस्रो नम्बरमा लगाइएको आरोपले उनको व्यवस्थापकीय क्षमतामा समेत प्रश्न उठाएको छ । सो बुँदामा भनिएको छ कमिटीले गरेको निर्णयसँग नमिल्दो गरी उनले उच्च पदहरूमा सो पदलाई नसुहाउने व्यक्तिहरू पुर्याएको भन्ने आरोप देखिन्छ ।

कतिपय सम्वेदनशील विभागहरूमा समेत अदक्ष कर्मचारीहरूलाई जिम्मेवारी दिँदा अन्य कर्मचारीहरूको मनोबलमा आघात पुगेको र बैंक सञ्चालनमा नै दख्खल पुगेको अर्को आरोप सीइओ पौड्याल माथि लगाईएको देखिन्छ । बैंकभित्रको समस्या र विवाद आम सञ्चारमाध्यमहरूमा छताछुल्ल भइसकेको वर्तमान अवस्थामा सीइओ जनक शर्मा पौड्याललाई लगाएको चौथो आरोप भने अचम्म र रोचक देखिन्छ । जसमा भनिएको छ ‘उनले सनराईज बैंकको कामलाई थोरै समय दिने तर मिडियामा भने अनावश्यक एक्स्पोजर गर्दै तस्बीर राखी आफ्नो प्रचार गर्ने भनिएको छ ।

धेरैजसो संस्थाका प्रमुखहरूलाई लाग्ने गरेको ‘सीमित घेरामा रमाउने’ र ‘नजिककालाई च्याप्ने’ आरोप सीइओ जनक शर्मा पौड्याललाई पनि लागेको देखिन्छ । पाँचौ नम्बर बुँदामा उनले टिम बिल्डिङमा ध्यान नदिएको बरु सीमित घेरामा रमाएर बैंकमा अन्य कर्मचारीहरूलाई वेवास्ता गर्दै सामुहिक ढंगले काम गर्ने वातावरण नबनाएको अर्को संघिन आरोप उनी माथी लागेको छ ।

सबैभन्दा गम्भिर आरोप त यो छ कि उनले बैंकको वित्तीय अवस्थामा सुधार गर्न सकेनन् । त्यसैगरी सञ्चालक समितिका धेरै बैठकहरूले बैंकको प्रगतिका लागि गरेका निर्णयलाई समेत सीईओ जनक शर्मा पौड्यालले कार्यान्वयन नै नगरेको भनिएको छ । छैटौ बुँदमा अगाडी लेखिएको छ ‘सबै वाचा र प्रतिवद्धता झुठा ठहरिएका छन् ।’

यी सबै आरोपलाई बुँदागत रुपमा प्रस्तुत गरिसकेपछि सञ्चालकहरूले अध्यक्षसँग माग गरेका छन् –यसकारण बैंक सञ्चालक समितिले अब सोच्नु पर्छ र अविलम्ब आवश्यक कारवाहीतर्फ जानु जरुरी देखिन्छ । ती सञ्चालकले आर्थिक बजार न्यूजडटकमको भेटमा प्रस्टै भनेः– हामीले यी तपाईलाई दिएका पत्रहरुबाटै प्रस्टै हुन्छ । अब किन उनीलाई बर्खास्त गरिन्छ कि अध्यक्ष ज्यू नै बर्खास्त गरिन्छ । हामीसंग यी दुई बिकल्प मात्रै छन् । अध्यक्षज्यूले सीइओ पौड्याललाई बचाउन लागे उहाँकै पद खोस्ने तयारीमा हामी छौ नि ।

पानी धेरै उम्लेपछि पोखिन्छ भन्ने उखान सनराईज बैंकमा लागु भएको छ । सनराईज बैंकका सीइओ जनक शर्मा पौड्याल यस्तो व्यक्ति हुन् । उनी चर्चा कमाउन र अरु सीइओहरुलाई देखाउन नयाँ गर्भनर महाप्रसाद अधिकारी नियुक्त भएको दिनको राती ११ः३० बजे लकडाउन उल्लघन र बैंकको पास दुरुपयोग गर्दै कोर टिम जो ग्लोबल बैंकबाट ल्याईएकाहरु सहित गर्भनरलाई बधाई दिन गएका थिए । यो समाचार हामीले प्रकाशन गरेका थियौ । अर्को कुरा १०/१२ वटा सेनिटाइजर र माक्स बाँड्न समेत सीइओ पौड्याल ठाउँ ठाउँमा पुगेको र आफ्नो फोटो छपाईको समाचार पनि हामीले दिएका थियो । आज त्यही कुरामा पनि उनीलाई स्पष्टिकरण सोधिएको देखिन्छ । सचेत भया ।

12030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका