जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ज्योति लाईफ चौथो वर्षमा प्रवेश

ज्योति लाईफ चौथो वर्षमा प्रवेश

ज्योति लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथोमा प्रवेश गरेको छ । २०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय सुरुवात गरेको कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो ।

ज्योति लाईफ घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनी हो । कम्पनीले २०७६ वैशाख २५ गतेदेखि ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको सुविधा दिने एक मात्र कम्पनी बन्न सफल भएको जनाएको छ ।

कम्पनीले ११७ वटा शाखा सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवाप्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमाशुल्क संकलन गरेको छ ।

आइएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त कम्पनीले बीमितहरुलाई बोनस बृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ । कम्पनी कुल लगानी ३.५० अर्ब र २ अर्ब रुपैयाँको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा सम्बोन्धन गर्नै कम्पनीका प्रमुख कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमक निकाय तथा शुभचिन्तक हरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

8700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका