सुनको मूल्यले तोलाको एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख १ हजार ४०० रूपैयाँ पुगेको छ।
यो अघिल्लो दिनभन्दा १ हजार ६०० रूपैयाँले बढेको हो। मंगलबार ९९ हजार ८०० मा आइपुगेको थियो। यसअघि आइतबार र सोमबार प्रतितोला ९९ हजार ६०० मा स्थिर थियो। साउन लागेयता लगातार बढेको सुनको भाउसँगै व्यवसायमा मन्दी झन चुलिएको छ।
कोरोनाको महाव्याधिले विश्व बजारमा पारेको असरसँगै सुनचाँदी महंगिएको हो। सुन महंगिदा व्यवसायीले नयाँ खरिदकर्ता पाउन कम भइसकेको छ। सुन किनेर गहना बनाउने घट्दा व्यवसायीले बैंकबाट उठाउने परिमाण घटाइसकेका छन्।