जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइनेछः गभर्नर

मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइनेछः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइने बताउनुभएको छ । बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई प्रदान गरिएको सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा केही सजगता अपनाइने बताउनुभएको हो । कोभिड र त्यसको प्रत्यक्ष असर कायम रहेसम्म पुनर्कर्जाको निरन्तरता गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

उहाँले कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरुप व्यवसायमा परेको समस्यालाई सम्बोधन गर्न ऋणको नविरकण तथा पुनर्संरचना लगायतका विषयलाई प्रभावको आधारमा निरन्तरता दिन आवश्यक रहेको समेत बताउनुभयो । कोभिडको तेस्रो लहरबाट पुनरुत्थानको बाटोमा थप चुनौति सृजना हुनसक्ने देखिएको र पेट्रोलियम पदर्थामा भएको मूल्यवृद्धिले मुद्रास्फितीमा प्रभाव पार्ने दबाब पर्ने सम्भावना रहेको पनि गभर्नर अधिकारीको भनाइ छ । बढ्दो आयात धान्न विप्रेषणले साथ नदिएमा सञ्चिति व्यवस्थापनमा चुनौति थपिने उहाँले बताउनुभयो ।

4235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका