जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा

प्रभु बैंकको शाखा जोर बिजोर प्रणालीमा

राजधानी काठमाडौंमा पनि कोरोना भाइरसले घेर्न थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् ।

यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न थालेको छ । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका शाखा कार्यालयहरु आलोपालो प्रणालीबाट जोर बिजोर गरेर सञ्चालन हुने सूचना टाँस गरिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँस गरेर आलोापालो प्रणाली अनुसार जोर बिजोर गरेर सञ्चालन गरेका हुन् । कुनै शाखाले जोर गतेका दिन खोल्ने गरेका छन् भने कुनै शाखाले बिजोर गतेका दिन शाखा खोल्ने सूचना जारी गरेका छन् ।

7920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका