जोडिनुहोस
बिहिबार, पुस ४, २०८१
बिहिबार, पुस ४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बीगरगञ्ज र जनकपुर गरी जम्मा ११ जना कर्मचारीहरुलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएसंग गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बस्नु भएको छ ।

कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टिनमा बसेको राष्ट्र बैंक उच्च स्रोतले आर्थिक बजार न्यूजडटकमलाई बताएको छ ।

राष्ट्र बैंक केन्द्रीय कार्यालयमा चार जनालाई कोरोना संक्रमणको पुष्टि भएसंगै गभर्नर महाप्रसाद अधिकारी घरमा नै बसी कार्यालयको काम गरिरहनु भएको छ । स्रोतले भन्यो ।

गत साता राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण कर्मचारीको परीक्षण गरिएको थियो । यसै क्रममा अर्का एक जनालाई पनि पोजेटिभ देखिएको हो ।

२ साताअघि राष्ट्र बैंकको भैरहवा कार्यालयका २ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो । ती कर्मचारीसँग सम्पर्कमा आएका इन्जिनियरलाई पनि कन्ट्र्याक ट्रेसिङमा परेपछि बिहीबार पीसीआर टेस्ट गरिएको थियो ।
शुक्रबार फस्ट आवरमा ब्यवस्थापन कमिटिको मिटिङ बसिरहेका बेला ती इन्जिनियरलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि गभर्नर अधिकारी एक साता घरबाटै काम गर्ने भन्दै बाहिरिएका थिए ।

14330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका