जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीले ३९ अर्ब बीमा शुल्क आर्जन, पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीले ३९ अर्ब बीमा शुल्क आर्जन, पहिलो कम्पनी बन्यो शिखर इन्स्योरेन्स

२० निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/ ७९मा ३९ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।

बीमा समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/ ७९को वित्तीय  तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यो बीमा शुल्क आर्जन गरेका हुन्। जसमा सबै भन्दा बढी बीमा शुल्क  शिखर इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले गत आर्थिक बर्षमा ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

बीमा शुल्क बढी आर्जन गर्ने दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी छ। कम्पनीले गत असार मसान्तसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

तेस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यो अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।
चौथो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले आर्थिक बर्ष २०७८/७९मा  २ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सबै भन्दा कम बीमा शुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स रहेको छ। कम्पनीले गत असार मसान्तसम्म ९० करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो।

बीमा शुल्क

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका