जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले किसानहरूको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा सञ्चलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरूप सम्पूर्ण कृषकहरूको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु ५ लाखसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्ने छ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद व्याज रकमको गणना हुने छ ।

यो ऋण सुविधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरूलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदर मै यो सुविधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुविधा ल्याएको हो ।

हालसम्म ४७०,००० भन्दा बढी ग्राहकहरू रहेको करिव ६८.६० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिव ५५.२८ अर्ब कर्जा लगानी गरेको सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्सटेन्सन काउन्टर र ५ वटा शाखा रहित बैङ्किङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।

4970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका