जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सङ्खुवासभाको पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औँ शाखा 

सङ्खुवासभाको पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको २८७ औँ शाखा 

राष्ट्रिय वाणिज्य बैंकले सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरी बजार स्थित २८७ औँ शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले आइतबार विधिवत् रूपमा उक्त शाखाको शुभारम्भ गरे । 

उक्त अवसरमा न्यायाधीश फुयाँलले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको वर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरी बजारको समुद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभात फेरी कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा  चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, चैनपुर न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्की लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू, उद्योगी व्यवसायीहरू, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघ सस्थाका प्रतिनिधिहरू, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोसी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दीपकराज न्यौपाने, शाखा प्रबन्धकहरू लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । 

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

3380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका