जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकद्वारा नबिल ग्रीन पिन सेवा शुरु

नबिल बैंकद्वारा नबिल ग्रीन पिन सेवा शुरु

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नबिल बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको हो ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत  शाहले भने,’ग्रिन पिन मार्पmत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको टिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्न बैंकले जनाएको छ  । ग्राहकले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त हुने बैंकले जनाएको छ । ग्राहकले “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सकिने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् ।

नबिल बैंकका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

6385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?