जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूले ग्लोबल मनी विकमा विद्यार्थीहरुलाई दियो वित्तीय साक्षरतासम्बन्धी जानकारी

बैंक अफ काठमाण्डूले ग्लोबल मनी विकमा विद्यार्थीहरुलाई दियो वित्तीय साक्षरतासम्बन्धी जानकारी

विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक २०२२) को अवसरमा बैंक अफ काठमाण्डूले देशभर विभिन्न स्थानहरुमा ७ दिन (२१ देखि २७ मार्च) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्कुलमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको जनाएको छ। 

उक्त कार्यक्रममा बैंकका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरेको छ। 

उक्त कार्यक्रमले विद्यार्थीहरुको वित्तीय तथा बैंकिङ साक्षरता सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

7410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?