जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेको इन्स्योरेन्सले गर्यो एनएसएलसँग सम्झौता

नेको इन्स्योरेन्सले गर्यो एनएसएलसँग सम्झौता

नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बीमा पार्टनरका रुपमा सम्झौता गरेको छ। सम्झौतापत्रमा क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सयुक्त रुपमा हस्ताक्षर गरे।

यहि चैत २६ गतेदेखि सुरु हुने नेपाल सुपर लिगमा यस सिजनमा थपिएका तीन नयाँ क्लबसहित कुल १० टोलीहरुले सहभागिता जनाउने भएका छन् ।

सम्झौताअनुसार सुपर लिग झापामा आवद्ध रहेका खेलाडीहरुको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा हुनेछ । सम्झौतापछि उपाध्यक्ष बस्नेतले भने “नेको इन्स्योरेन्सलाई बिमा पार्टनरका रुपमा पाउँदा हामी खुशी छौं। यो सहकार्यका लागि हामी नेको इन्स्योरेन्सलाई धन्यवाद समेत दिन चाहन्छौं।”

नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्का भने “झापा एफसीको फुटबल र खेलाडीप्रतिको भिजनबाट हामी प्रभावित भयौं। त्यसैले पनि यो सहकार्य गर्न हामीले अबेर गरेनौं। सुपर लिगमा क्लबसँगको हाम्रो सहकार्य अटुट रहनेछ।”

4270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका