जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट बैंकको ८३ औँ शाखा महेन्द्रनगरमा

नेपाल इन्भेस्टमेन्ट बैंकको ८३ औँ शाखा महेन्द्रनगरमा

नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ । नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरे ।

महेन्द्रनगर शाखाले हाम्रा ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२५ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको

बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

6705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?