जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको आईपीओ जारी गर्ने प्रस्ताव पारित

रिलायबल नेपाल लाइफको आईपीओ जारी गर्ने प्रस्ताव पारित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको पाँचौ वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका अतिरीक्त सञ्चालकको नियूक्ती अनुमोदन गरेको छ । साथै सर्वसाधारणमा १ करोड २० लाख कित्ता शेयर जारी गर्ने तथा प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने विशेष÷प्रस्तावहरु समेत पारित गरेको छ ।

कम्पनीले यसै वर्ष सर्वसाधारणमा शेयर जारी गर्ने र तत्पश्चात शेयर धनीहरुलाई प्रतिफल प्रदान गर्न शुरु गर्ने प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए । शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिदै लोहनीले यस्तो बताए ।

साथै, उनले कम्पनीलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरुमा धन्यवाद ज्ञापन गरे ।

1880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका