जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग

सनराइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाए अनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग गरेको छ ।

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजि विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई रुपैंया तीन लाख सहयोग गरेको छ ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गर्नु भएको थियो । सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्घेश्यका साथ बैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताउनु भयो ।

जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताएको छ ।

 

6415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?