जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर


लाभांश

६ अर्ब लाभांश लैजान आवेदन

कागजात हेर्दै उद्योग विभाग

६ अर्ब लाभांश लैजान आवेदन

नेपालमा विभिन्न उद्योग सञ्चालन गरी रोयल्टी लाभांश, ट्रेडमार्क, म्यानेजमेन्ट अग्रीमेन्ट र टेक्निकल अग्रीमेन्ट, लगानी फिर्ता र एसपीए (खरिद-बिक्री सम्झौता) को रकम फिर्ता लैजान पाउने गरेका हुन्।

नेपालमा कम्पनी सञ्चालन गरेर मुनाफा आर्जन गरी १९ वैदेशिक कम्पनीले लाभांश लैजान आवेदन दिएका छन्।  करिब ६ अर्ब बराबरको लाभांश लैजान उद्योग विभागमा आवेदन दिएका हुन्।

अन्तिम लाभांश फिर्ता लैजानका लागि सबैभन्दा धेरै सूर्य नेपाल प्रालिले ४ अर्ब ७६ करोड ६५ लाख ४९ हजार ७ सय ६० रूपैंयाका लागि निवेदन दिएको छ। सिमरामा चुरोट उद्योग सञ्चालन गरिरहेको उक्त कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै कर तिरेको थियो।

यस्तै गोर्खा ब्रुअरीले १ अर्ब १ करोड ३ लाख १२ हजार ४ सय ६२ रूपैंयाँ रोयल्टी लैजान निवेदन दिएको छ। सो विषयमा सरकारले कम्पनीसँग आवश्यक कागजात माग गरिसकेको छ। यो कम्पनीले टुबोर्ग र कार्ल्सबर्ग लगायत बियर उत्पादन गर्दै आएको छ।

यस्तै आक्रामक रूपमा बजार विस्तार गरिरहेको चीनको हुवावे टेक्नोलोजी नेपाल प्रालिले १३ करोड ६१ लाख ७१ हजार ६ सय ९१ रूपैंयाँ रोयल्टी लैजान निवेदन दिएको छ। सो सम्बन्धि उद्योग विभागले सबै प्रक्रिया सकेर समितिमा कागजात पेश गरिसकेको छ।

यस्तै सोल्टी होटल लिमिटेडले ९९ सय करोड ९० लाख ९ सय ५२ रूपैंयाँ लाभांश लैजान निवेदन दिएको छ। यो विषयमा पनि विभागले अध्ययन गरिरहेको छ। तारागाउँ रिजेन्सी होटलले म्यानेजमेन्ट खर्च वापतको रकम अमेरिकी डलरमा भुक्तानी गर्न निवेदन दिएको छ।

यसैगरी बर्जर जोन्सन एण्ड निकोल्सन् नेपाल प्रालिले पनि लाभांश वापतको रकम लैजान निवेदन दिएको छ। उक्त कम्पनीले विभागमा ९५ करोड १६ लाख ३४ हजार ८ सय ५५ रूपैंयाँ लैजान पाउन माग गरेको छ। यो कम्पनीले नेपालमा घर-भवन रंगाउने रंगहरूको व्यवसाय गर्दै आइरहेको छ।

चितवनको खैरेनीमा विभिन्न प्रकारका बियर उत्पादन गरिरहेको विशाल समूहको यति ब्रुअरीले रोयल्टी वापतको रकम लैजान निवेदन दिएको छ । उक्त ब्रुअरीले ८ लाख ७२ हजार १ सय ३८ रूपैंयाँ भारूमा रोयल्टी लैजान निवेदन दिएको छ। यो उद्योगबाट किङफिसर ब्राण्डको वियर उत्पादन हुँदै आएको छ। यो वाहेक अर्ना ब्राण्डको स्वदेशी वियर पनि उत्पादन गर्छ।

यस्तै नेपालमा सफल व्यवसाय गरिरहेको युनिलिभर नेपाल लिमिटेडले रोयल्टी वापतको २ करोड ६  लाख ५७ हजार ९ सय ५३ रूपैंयाँ लैजान पाउन माग गरेको छ। यस्तै सीजी फुड्स नेपाल प्रालिले प्रविधि विकास गरेवापत ६० लाख रूपैंयाँ अमेरिकन डलरमा भुक्तानी गर्न निवेदन दिएको छ।

यसैगरि ओरियन्टल होटलले रोयल्टी वापतको ४५ लाख रूपैंयाँ लैजान विभागमा निवेदन दिएको छ। देव्यानी इन्टरनेशनल नेपाल प्रालिले लाभांश वापतको १५ लाख ६१ हजार ६ सय ६५ रूपैंया लैजान पाउन माग गरेको छ।

यसैगरी ट्रान्स नेपाल फ्राइज्ट सर्भिसले ४१ लाख ४२ हजार लाभांश लैजानका लागि माग गरेको छ। टाइगर वन प्रालिले २७ लाख ३७ हजार र हिमालय इन्काउन्टर्स प्रालिले ४ करोड ८७ लाख रूपैंयाँ लाभांश लैजान माग गरेको छ। यस्तै भोटेकोशी पावर कम्पनी प्रालिले लाभांश वापतको ४६ लाख ७ हजार रूपैंयाँ लैजान माग गरेको छ।

यस्तै त्रिशुली ग्यासको खरिद-बिक्री सम्झौता बमोजिमको ७ करोड ९८ लाख रूपैंयाँ फिर्ता लैजान माग गरेको छ। यस्तै चितवन मेडिकल कलेजको विदेशी लगानी वापतको १५ करोड ४२ लाख रूपैंयाँ फिर्ता लैजान स्वीकृतिका लागि निवेदन परेको छ ।

9190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका