जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सका सिइओ बैदवारको कार्यकाल थपियो

सिद्धार्थ इन्स्योरेन्सका सिइओ बैदवारको कार्यकाल थपियो

सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीको अर्को एक कार्यकाल थपिएको छ । बीमा समितिले हिजो सोमबार ४ वर्षका लागि कार्यकाल थप गर्न अनुमति दिएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।

उनको पहिलो कार्यकाल आजैदेखि सकिदै थियो । सञ्चालक समितिले उनलाई थप एक कार्यकालका लागि नियुक्ति दिने भन्दै अनुमतिका लागि बीमा समितिमा पेश गरेको थियो । बैदवार सिद्धार्थ इन्स्योरेन्सको स्थापनाको समयदेखि नै बरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरेका थिए । उनले युनाइटेड र सगरमाथा इनस्योरेन्समा पनि काम गरिसकेका थिए । मार्केटिङ र अन्डराइटिङमा विशेष दख्खल राख्ने बैदवारले पुर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले सिद्धार्थमै बरिष्ठ प्रबन्धक हुँदै सहायक महाप्रबन्धक, निमित्त प्रमुख कार्यकारी अधिकृत सहित एक कार्यकाल प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पुरा गरिसकेका छन् ।

2085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका