जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • चुनाव जितेपछि बाइडेन बोले, अमेरिकामा कोरोना फैलाउन ट्रम्प प्रशासन जिम्मेवार

चुनाव जितेपछि बाइडेन बोले, अमेरिकामा कोरोना फैलाउन ट्रम्प प्रशासन जिम्मेवार

राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध पारि राखिए “थप मानिसहरूको ज्यान जान सक्ने“ जो बाइडनले चेतावनी दिएका छन्  । डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन्।

राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरे । पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्विटरमा लेखेकी छन्, “यो कुनै खेल होइन।“

बाइडनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् । तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन्।

उनले सोमवार बिहान ट्वीट गरे, “मैले चुनाव जितेँ।“ ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ

राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन।

उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्।

सोमवारको आफ्नो मन्तव्यमा बाइडनले अस्वीकारलाई “पूर्णरूपमा गैरजिम्मेवार“ बताए । उनले भने, “कोही यसलाई बुझ्छ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो। वास्तवमा, यो अतिशयोक्ति होइन।“

“यदि हामीले सहकार्य गरेनौँ भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले ज्यानुअरी २० सम्म पर्खनु प¥यो भने यसले हामीलाई पछि पार्छ।“

8860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका